मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

देशभर फैलियो मनसुनी वायु,  बिहीबारसम्म झरीको सम्भावना

nayapatrikadaily.com · Tue Jun 28 00:22:00 GMT 2022

मनसुनी वायु देशभर सक्रिय बनेसँगै अबका केही दिन मौसम प्रतिकूल हुन सक्ने प्रक्षेपण गरिएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दैै मंगलबारदेखि बिहीबारसम्म मुलुकका धेरै क्षेत्रमा वर्षाको आकलन गरेको छ ।

यस अवधिमा केही क्षेत्रमा भारी र अतिभारी वर्षासमेत हुन सक्ने भएकाले बाढीपहिरोको जोखिम रहेको चेतावनी दिएको छ । नेपालमा २२ जेठमा मनसुन भित्रिएकामा सोमबार सुदूरपश्चिम प्रदेशमा पनि फैलिएर देशभर सक्रिय बनेको छ । यही वेला मनसुनको न्यूनचापीय रेखा पनि मंगलबारदेखि बिहीबारसम्म तराई भूभागनजिक आइपुग्ने देखिएपछि विभागले झरी र भारी वर्षाको चेतावनी दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)