प्राथमिकता र सशक्तीकरणको आवश्यकता
abhiyandaily.com
१० रुपैयाँभन्दा धेरैको आयात गरेर १ रुपैयाँ बराबरको मात्रै निर्यात भइरहेको अहिलेको अवस्थामा आत्मनिर्भर अर्थतन्त्र नेपालजस्तो देशका लागि अपरिहार्य बहस हो । आत्मनिर्भरताको विकास र प्रवर्द्धनको विषयमा सजग हुनुपर्ने अवस्थामा भाषणमै सीमित भएको देखिन्छ । अहिलेको अवस्थामा हामी साँच्चै नै आत्मनिर्भर हुनुपर्छ । कृषि होस् या हस्तकला, जुनसुकै क्षेत्रमा हामीले उपभोग गर्ने सबै वस्तु नेपालमै उत्पादित र निर्मित हुनुपर्छ । यसका लागि हामीले अहिले नै पहल गर्न जरुरी छ । यसलाई प्रवर्द्धन गर्न हामीले सातओटै प्रदेशमा अभियान चलाइरहेका छौं ।
नेपाल र नेपाली आत्मनिर्भर नभए ढिलो चाँडो हामीले पनि श्रीलंकाकै हविगत भोग्नु पर्नेछ । नेपाल श्रीलंकाकै बाटोमा गइरहेको भन्दै राष्ट्र बैंकका गभर्नरदेखि विज्ञ र अर्थशास्त्रीहरूले बारम्बार चेतावनी दिइरहेका छन् । त्यति भन्दाभन्दै पनि हामीजस्ता नेतृत्वकर्ताले अलि बढी सचेत र सजग भएर आत्मनिर्भरतालाई जोड्न सकेनौं भने पुर्पुरोमा हात राखेर रुनुको विकल्प हामीसामु रहने छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)