सिक्किमको यथार्थ बोकेको ‘जार’को फर्स्टलुक पोस्टर सार्वजनिक
baahrakhari.com · Sun Sep 05 17:15:00 GMT 2021
काठमाडौ । अभिनेताद्वय सौगात मल्ल र अनुपबिक्रम शाहीको अभिनय रहेको चलचित्र ‘जार’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । यथार्थपरक कथामा आधारिक रहेर निर्माण गरिएको भनिएको चलचित्रको सार्वजनिक पोस्टरमा लिड अभिनेत्री गिताञ्जली थापालाई केन्द्रमा राखिएको छ । सौगात र अनुपलाई क्यारेक्टर लुकमा देखाइएको छ । फिल्मको केन्द्रीय द्वन्द्व नै महिला पात्र हो ।
सम्पूर्ण छायांकन सिक्किममा गरिएको यो चलचित्रले सन् १८०० दशकको अन्त्यतिर सिक्किमेली समाजमा घटेको एक यथार्थ घटनालाई समेटेको छ । माथि उल्लेखित तीन पात्रको वरिपरि नै चलचित्रको कथा घुम्नेछ । गिताञ्जली भारतमा राष्ट्रिय अवार्ड विजेता अभिनेत्री हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)