छ वस्तुको आयात फुकुवा
gorkhapatraonline.com · Wed Aug 31 01:01:35 GMT 2022
काठमाडौँ, भदौ १५ गते । सरकारले आयात प्रतिबन्ध लगाएका दस वस्तुमध्ये छवटाको प्रतिबन्ध फुकुवा गरेको छ । बाँकी चार वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको छ ।
सबै प्रकारका तयारी मदिरा (औद्योगिक कच्चापदार्थबाहेक), तीन सय अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन, जिप, कार र भ्यान (एम्बुलेन्स र शवबाहनबाहेक) र १५० सीसीभन्दा माथिका मोटरसाइकलको आयातमा प्रतिबन्ध कायमै राखिएको छ । सूचनाअनुसार असोज २८ गतेसम्म यी वस्तुको आयात प्रतिबन्धले निरन्तरता पाउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)