मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

प्रेरक प्रसंग : अन्तिम उपदेश

nayapatrikadaily.com · Sun Nov 26 00:17:00 GMT 2023

गुरुकुलको शिक्षा आज पूर्ण हुँदै थियो । आज गुरुकुलका मुख्य गुरुले शिष्यलाई अन्तिम उपदेश दिँदै थिए । यसका लागि सबै प्रार्थना कक्षमा जम्मा भएका थिए । सबै शिष्य उपस्थित भइसकेपछि गुरु कक्षामा प्रवेश गरे । उनको हातमा काठबाट बनेका समान आकारका तीन खेलौना थिए । उनले शिष्यहरूलाई ती खेलौना देखाउँदै भने आज म तपाईंहरूलाई अन्तिम उपदेश दिँदै छु । त्यसअघि तपाईंहरूले यी तीन खेलौनामा भएको अन्तर पत्ता लगाउनुपर्छ । उनले ती तीनवटै खेलौना शिष्यहरूका हातमा राखिदिए ।

शिष्यहरूले बडो ध्यानपूर्वक तिनै खेलौनाको निरीक्षण गरे । उनीहरूले खासै कुनै अन्तर भेट्न सकेनन् । अचानक एक शिष्यले एउटा खेलौना देखाउँदै भने– ए मित्रहरू हो, यता हेर्नुहोस् त, यो खेलौनाको कानमा एउटा प्वाल छ । यत्ति संकेत पाउनासाथ सबैले तीनवटै खेलौनाको अन्तर पत्ता लगाए र भने– गुरुदेव, एउटा खेलौनाको दुवै कानमा प्वाल छ । अर्कोको एक कान र मुखमा प्वाल छ भने अर्कोको चाहिँ मात्र एउटा कानमा प्वाल छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)