हलचल-भागबण्डामा कुरा नमिल्दा गठबन्धनमा: माओवादीमा विवाद, किचलो कर्णालीमा
nepalghatana.com · Sat Feb 05 16:55:40 GMT 2022
कर्णाली प्रदेको मन्त्रिपरिषदले ३ महिनापछि पूर्णता पाउने संकेतसँगै गठबन्धनमा हलचल मचिएको छ । एकातिर मन्त्रालय भागबण्डामा कुरा नमिल्दा गठबन्धन नै संकटमा परेको छ भने अर्कोतिर माओवादी नेतृत्वले फौजदारी अभियोग लागेका गैरसांसदलाई मन्त्रीका लागि सिफारिस गरेपछि विवाद बढेको छ । यस्तो अवस्थामा मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्री परिषद्लाई पूर्णता दिन सक्नु होला त ?
आइतबार जसरी पनि मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्री जीवनबहादुर शाहीको संकल्प पूरा हुने छाँटकाँट छैन । तीन मन्त्रालय भागमा पाएको माओवादी केन्द्रले गैर सांसद त्यो पनि फौजदारी मुद्दा खेपेका हुम्लाका कार्चेन लामालाई प्रस्ताव गरेकोमा व्यापक आलोचना भइरहेको छ । यो विषयले माओवादी पार्टीभित्रै विवाद बढेको छ । मुख्यमन्त्री शाही भने अदालतले नैतिक पतन भएको व्यक्ति भने मात्र कार्चेन लामालाई मन्त्री बन्न रोक लगाउने तयारीमा हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)