सञ्चार क्षेत्रका मुद्दा सम्बोधनमा विभेद : महासंघ
ratopati.com
नेपाल पत्रकार महासंघ काठमाडौ जिल्ला शाखाले सरकारले अध्यादेशमार्फत सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शाखाका सचिव महेश्वर गौतमले आइतबार विज्ञप्ति जारी गर्दै बजेटमार्फत सरकारले नेपाली सञ्चार क्षेत्रका मुद्दालाई सम्बोधन गर्ने प्रयास गरेपनि यो प्रयास अपूर्ण र विभेदकारी रहेको ठहर गरेको छ ।
‘सरकारले सार्वजनिक गरेको बजेटमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका र ती कालखण्डमा नागरिकलाई सुसूचित र सचेत गराउँदै समाज परिवर्तनका पक्षमा सशक्त रुपमा लागि परेका साना लगानीका पत्रपत्रिका तथा स्वरोजगारमुलक सञ्चारमाध्यमका लागि बजेटले कुनै सम्बोधन नै नगरेको हाम्रो ठहर छ’ विज्ञप्तिमा भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)