मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जाडोमा झन्झन् हिमालतिर

ekantipur.com · Mon Nov 22 00:44:12 GMT 2021

म्याग्दी — चिसो बढेसँगै उपल्लो मुस्ताङी जाडो छल्न बेंसी झरेका छन् । सामान्यतया हिउँदका चिसा दिनमा हिमाली बस्तीबाट मान्छे मात्र होइन चरन खर्कमा लगिएका भेडा र चौंरीगोठलाई तल्लो बस्ती वरपर न्यानो क्षेत्रमा ओर्लन्छन् । तर मुस्ताङको उपल्लो भेग लोमान्थाङका गोठाला भने झन् माथि र टाढाको चरन क्षेत्रतिर लाग्दैछन् ।

हिउँदका चार महिना उपल्लो भेगका चौंरीगोठ हिमालपारिको केक्याम उपत्यकाको चरन क्षेत्रमा लग्ने गर्छन् । केक्याम लोमान्थाङबाट चुम्जुङ गाउँ हुँदै दक्षिण डोल्पा जाने बाटोमा छ । पारिलो रहेको केक्याप चरन उपत्यका पुग्न लोमान्थाङबाट तीन दिन लाग्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)