मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पदकबाट चुकिन् पलेसा

annapurnapost.com · Sat Sep 04 06:19:00 GMT 2021

काठमाडौं : नेपालकी पारा तेक्वान्दो खेलाडी पलेसा गोवद्र्धन जापानमा जारी टोकियो पारालिम्पिकमा ऐतिहासिक पदक जित्नबाट चुकेकी छन्। के–४४ विधाअन्तर्गत महिला ५८ केजीमुनिको तौलसमूहमा रिपिचेज फाइनलमा पराजित भएपछि ऐतिहासिक कास्य पदक जित्नबाट चुकेकी हुन्।

कास्य पदकका लागि भएको रिपिचेज फाइनलमा पलेसा चिनियाँ खेलाडी युजी लिसँग १२–९ ले पराजित भएकी हुन्। पलेसाले पहिलो राउन्डमा ४–२ ले अग्रता बनाएकी थिइन्। दोस्रो राउन्डमा लय कायम राख्न नसक्दा युजी लिले ५–० ले नतिजा आफ्नो पक्षमा पार्दा पलेसा ७–४ ले पछि परिन्। तेस्रो तथा अन्तिम राउन्डमा दुवै खेलाडीले ५–५ अंक स्कोर गरेपछि चिनियाँ खेलाडीले १२–९ ले खेल जितेकी हुन्। दोस्रो राउन्डमा अंक जोड्न नसक्दा पलेसा पदक जित्नबाट विमुख भइन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)