यारी भन्सार कार्यालयद्वारा सात लाख राजस्व सङ्कलन
barnanmedia.com · Sun May 11 21:55:46 GMT 2025

यहाँको उत्तरी हिल्सामा स्थापना भएको यारी नाका भन्सार कार्यालयले रु सात लाख ५५ हजार राजस्व सङ्कलन गरेको छ ।
आर्थिक वर्ष २०८१/२०८२ सकिन अझै दुई महिना बाँकी हुँदा रु सात लाख रुपैयाँ राजस्व सङ्कलन गरेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताउनुभयो । कार्यालयको यो आर्थिक वर्षमा रु ८३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको भए पनि हालसम्म रु सात लाख सङ्कलन भइसकेको प्रमुख जैसीले बताउनुभयो । स्थायी कर्मचारी आफू एकजना मात्रै भए पनि कार्यालयको लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)