छाडा चौपाया : व्यवस्थापनका नाममा खर्च मात्रै
ekantipur.com · Thu Oct 26 01:53:31 GMT 2023
कञ्चनपुर/कपिलवस्तु — चालक रामलाल रानालाई रातिको समयमा अटोरिक्सा चलाउन निकै डर लाग्छ । उनी सकभर साँझ नहुँदै घर पुगिसक्छन् । महेन्द्रनगर बजार क्षेत्र तथा राजमार्गमा छाडा चौपायाका कारण दुर्घटनाको डरले राति निस्किनु परिहाले निकै सावधानीका साथ हिँड्छन् ।
‘कहाँनिर कतिबेला गाईगोरुसँग ठोक्किने हो ? थाहै हुँदैन,’ रानाले भने, ‘बजार र राजमार्गमा जताततै छाडा चौपायाको हुल हुन्छ ।’ रातिको समयमा चोकचोकमा जम्मा हुने गाईगोरुसँगै ठोक्किने झनै डर हुने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)