भोलि दिउँसो नेपाल प्रहरीको अनलाइन सेवा बन्द रहने
techpana.com · Fri Feb 11 16:38:39 GMT 2022
काठमाडौं । भोलि शनिबार एक दिनका लागि नेपाल प्रहरीको अनलाइन सेवा बन्द हुने भएको छ । नियमित प्राविधिक मर्मत सम्भारका कारण उक्त सेवा बिहान ११ बजेदेखि साँझ छ बजेसम्मका लागि बन्द हुने भएको हो ।
प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र प्रणाली र अनलाइन ट्राफिक नियम उलङ्घन जरिवाना भुक्तानी प्रणालीको प्रयोगमा अवरोध हुनसक्ने बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)