ज्योति विकास बैंकले बिजनेश इन्क्युबेसन सेन्टर स्थापनामा सघाउने
abhiyandaily.com
काठमाडौं । ज्योति विकास बैंकले पाँचओटा बिजनेश इन्क्युबेसन सेन्टर स्थापनामा सघाउने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत देशका पाँच विभिन्न सरकारी कलेजमा बिजनेश इन्क्युबेसन सेन्टर स्थापनामा सहयोग गर्ने भएको हो । उक्त परियोजनामा सहकार्य गर्न बैंकले युथ स्किल ल्याबसँग सम्झौता गरेको छ ।
आइतवार एक कार्यक्रमका बीच ज्योति विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल र युथ स्किल ल्याबका संस्थापक निर्देशक नन्दकिशोर मण्डलले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता बमोजिम बैंकले पाँचओटा सरकारी कलेजमा उद्यमशीलता विकास र प्रवर्द्धनका लागि बिजनेश इन्क्युबेसन सेन्टर स्थापनामा सहयोग गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)