‘एन्फाभन्दा तल झर्ने ठाउँ छैन, सुधारका लागि सरकार तयार छ’ : मन्त्री सस्मित पोखरेल
barnanmedia.com · Fri Jul 03 01:46:37 GMT 2026
काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा) अहिलेको अवस्थाभन्दा अझ तल झर्ने ठाउँ नरहेको टिप्पणी गर्दै संघमा देखिएको बेथिति अन्त्यका लागि सरकारले सुधारका कदम अघि बढाएको बताएका छन्।
बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले विगतदेखि नै एन्फामा विभिन्न तहबाट हस्तक्षेप हुँदै आएको उल्लेख गरे। एन्फासँग सम्बन्धित भ्रष्टाचारका विभिन्न उजुरी सरकारसमक्ष परेकाले त्यसको छानबिन गर्न उपाध्यक्षको नेतृत्वमा समिति गठन गरिएको उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)