फराकिलो जित निकाल्दै आर्सनल शीर्षस्थानमा
pahilopost.com · Sun Oct 30 17:01:43 GMT 2022
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा आर्सनलले नटिङ्घम फरेस्टमाथि जित निकालेको छ। इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली आर्सनलले नटिङ्घम फरेस्टमाथि ५-० को जित निकालेको हो।
खेलको पाँचौं मिनेटमा गाब्रिएल मार्टिनेल्लीको गोलमा अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा ४ गोल थपेको थियो। खेलको ४९ र ५२ औं मिनेटमा रेइस नेल्सनले गोल थप्दै आर्सनललाई सहज जिततर्फ डोहोर्याए। त्यस्तै थोमस पार्टेले ५७ औं मिनेटमा गोल थप्दा मार्टिन ओडेगार्डले ७८ औं मिनेटमा गोल गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)