संवैधानिक आयोगका पदाधिकारीविरुद्धको मुद्दा ‘हेर्दाहेर्दैमा’
rajdhanidaily.com · Sun May 11 23:14:12 GMT 2025

काठमाडौं । सर्वोच्च अदालतले निरन्तर सुनुवाइ गरेर ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दा टुंग्याउने भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको विदेश भ्रमणका कारण स्थगित संवैधानिक इजलासको सुनुवाइ आइतबारदेखि पुनः सुरु भएको हो ।
संवैधानिक इजलासले सोमबार बुद्धजयन्तीका दिन सार्वजनिक बिदा परेकाले मंगलबार ३० वैशाखका लागि निरन्तर सुनुवाइको मिति तोकेको हो । गत ७ देखि १० वैशाखसम्म दिनहुँ सुनुवाइ भइरहेको संवैधानिक नियुक्तिविरुद्धको रिट प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको विदेश भ्रमणले स्थगित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)