देउसीभैलोको रकम भूकम्पपीडितलाई
thahakhabar.com
सल्यान : तिहारमा देउसीभैलो खेलेर उठेको रकमलाई सल्यान युवाहरूले सामाजिक कार्यमा खर्च गरेका छन्। देउसीभैलो खेलेर उठेको रकम उनीहरूले सामाजिक काममा लगाएका हुन्।
बागचौर नगरपालिका–९ कुयापानीमा रहेको स्टार युवा क्लबले देउसीभैलोबाट संकलित रकमबाट भूकम्पपीडितलाई सहयोग गरेको क्लबका प्रभाकर ओलीले बताए। उनले देउसीभैलोबाट संकलित रकमबाट दार्माका भूकम्पपीडितलाई ४० थान कम्बल, २० थान जग, २० थान थाली र १५ थान म्याट वितरण गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)