प्रतिनिधिसभा बैठक: सरकारको नीति तथा कार्यक्रम पारित
rajdhanidaily.com · Sun May 11 23:15:51 GMT 2025

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकले आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
गत १९ वैशाखमा नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको थियो । त्यसमा २२ देखि २८ वैशाखसम्म निरन्तर छलफल भएको थियो । छलफलको अन्तिम दिन आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए । बैठकमा नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कुल ३७ वटा संशोधन प्रस्ताव दर्ता भएका थिए । ती सबै अस्वीकार भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)