एफएनसीसीआईको विधान संशोधन समितिले बुझायो मस्यौदा, अब अध्यक्षको प्रत्यक्ष चुनाव गरिने
nepallive.com · Fri Dec 17 00:41:00 GMT 2021
काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा अध्यक्षका लागि प्रत्यक्ष चुनाव गराउने प्रस्ताव विधान संशोधन समितिले तयार पारेको छ। महासंघको नयाँ कार्यसमितिको पहिलो बैठकले निर्णय गरेर विधान संशोधनका लागि महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीको संयोजकत्वमा समिति गठन गरेको थियो।
समितिले बिहीबार महासंघ अध्यक्ष शेखर गोल्छालाई बुझाएको मस्यौदामा अध्यक्षमा प्रत्यक्ष मतदान गरी वरिष्ठ उपाध्यक्ष पद हटाउने प्रस्ताव समावेश गरिएको छ। यस्तै समितिले महासंघ अध्यक्षको कार्यकालसमेत तीन वर्षबाट घटाएर दुई वर्षमा झार्नुपर्ने सुझाव दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)