कर्णाली प्रतिष्ठानमा सामूहिक राजीनामा
annapurnapost.com · Thu Sep 08 00:43:00 GMT 2022
कालिकोट : जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा बन्द भएको छ। त्यहाँका चिकित्सकसहित स्वास्थ्यकर्मीले बुधबार सामूहिक राजीनामा घोषणा गरेका छन्। ६० जनाले उपकुलपतिसमक्ष लिखित राजीनामा परेको बालरोग विशेषज्ञ डा.कमल थानीले बताए।
‘यस्तो विषम परिस्थिति र शान्ति सुरक्षाको प्रत्याभूति नभएको पृष्ठभूमिमा हामी सेवा दिन असमर्थ छौं’, सामूहिक राजीनामा सम्बन्धमा भनेर लेखिएको छ, ‘कानुनी राज्यको आभास नभएकाले र विरोधको नयाँ स्वरूपअनुसार हामी सम्पूर्ण स्वास्थ्यकर्मीहरू आजकै मितिबाट सामूहिक राजीनामा पेस गरेका छौं।’ उनीहरूले यसको बोधार्थ प्रमुख जिल्ला अधिकारीलाई दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)