च्याम्पियन बन्न आर्मीले कुरेको २१ वर्ष
nepalpress.com · Sat Feb 03 15:59:44 GMT 2024
पोखरा । त्रिभुवन आर्मी क्लब २३औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । पोखरा रङ्गशालामा शनिवार भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई ३–० ले पराजित गर्दै आर्मी पहिलो पटक आहा रारा पोखरा गोल्ड कपको च्याम्पियन बनेको हो ।
आर्मीको जितमा जिलेस्पी जङ्ग कार्की, फत्तेमान घले र वसन्त जिम्वाले एक–एक गोल गरे । जिलेस्पीले खेलको ३८औँ मिनेटमा गोल गर्दै आर्मीलाई पहिलो अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अग्रता लिएको आर्मी दोस्रो हाफको अन्त्यतिर थप दुई गोल गरेको थियो । आर्मीका फत्तेमान घलेले खेलको ८३औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । आर्मीका लागि अन्तिम समयमा वसन्त जिम्वाले तेस्रो गोल गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)