आठ करोडभन्दा बढी रकम भुक्तानी नपाएपछि त्रिवि शिक्षण अस्पतालले रोक्यो स्वास्थ्य बिमा कार्यक्रम
nayapatrikadaily.com · Sun Jun 19 00:29:00 GMT 2022
डेढ वर्षयता स्वास्थ्य बिमा कार्यक्रमको रकम भुक्तानी नभएपछि त्रिवि शिक्षण अस्पतालले अनिश्चितकालका लागि बिमा कार्यक्रम स्थगित गरेको छ । स्वास्थ्य बिमा बोर्डले करिब आठ करोड रकम पुगिसक्दासमेत भुक्तानी नगरेको भन्दै अस्पतालले १५ असारदेखि लागू हुने गरी कार्यक्रम स्थगन गरेको हो । योसँगै त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि पुग्ने दैनिक लगभग चार सय बिरामी प्रभावित हुनेछन् ।
अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले शुक्रबार सूचना जारी गर्दै स्वास्थ्य बिमा बोर्डले कार्यक्रमबापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम स्थगन गरेको जानकारी गराएका थिए । बिमितको उपचारबापतको करिब आठ करोड रकम स्वास्थ्य बिमा बोर्डले उपलब्ध नगराएको अस्पतालले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)