दसैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको आराधना
kalakarmi.com · Tue Sep 27 23:58:22 GMT 2022
काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैं अन्तर्गत नौरथा (नवरात्रि) को तेस्रो दिन आज बुधवार चन्द्रघण्टा देवीको पूजा गरिँदैछ । देवी भागवत पुराणमा आश्विन शुक्लपक्षका नौ अहोरात्रमा ब्रत बस्ने गरिएको छ । नवरात्रिको तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना गरी तृतीया पर्व मनाईँदै छ ।
हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्ने गरेका छन् । घटस्थापनाको दिनदेखि प्रारम्भ भएको नवरात्रिको तेस्रो दिनको पनि पूजा विधि घटस्थापनाको जस्तै हो । घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानी मै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जल जमरामा राखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)