मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

५ देखि ११ वर्षका लागि खोप २ महिनापछि

ekantipur.com · Fri Jan 28 01:08:51 GMT 2022

काठमाडौँ — सरकारले ५ देखि ११ वर्षका बालबालिकालाई कोभिड–१९ विरुद्घको खोप करिब दुई महिनापछि लगाउने तयारी थालेको छ । करिब ४० लाख जनसंख्या रहेको यो उमेर समूहका लागि विशेष रूपमा निर्माण गरिएको फाइजरको ‘गुलाबी खोप’ मार्चको अन्त्य वा अप्रिल पहिलो सातासम्म पाउने सरकारी अधिकारीले अपेक्षा गरेका छन् ।

‘५ देखि ११ वर्ष उमेर समूहलाई लगाउन मिल्ने फाइजर खोप अप्रिलको पहिलो सातासम्म आउने सम्भावना छ,’ प्रधानमन्त्री शेरबहादुर देउवाका स्वास्थ्य सल्लाहकार डा. आरपी बिच्छाले कान्तिपुरसँग भने, ‘खोप आउनासाथ दुईदेखि तीन महिनाभित्र हामी यो उमेर समूहका पूर्ण जनसंख्यालाई खोप लगाउन सक्छौं ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)