निर्वाचन बिथोल्ने षड्यन्त्र भइरहेको छ : श्रेष्ठ
ratopati.com
नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मंसिर ४ गतेका लागि तय भएको आम निर्वाचन बिथोल्ने प्रयत्न र षड्यन्त्र भइरहेको बताएका छन् । मंगलबार पार्टीको प्रवास समन्वय समितिको बृहत राजनीतिक प्रशिक्षण कार्यक्रमलाई जुम मार्फत सम्बोधन गर्दै श्रेष्ठले षड्यन्त्रहरुलाई चिर्दै मंसिर ४ गते नै गर्न चुनाव गरिने बताए ।
‘२०७४ सालको चुनावमा संविधान कार्यन्वयनको अवस्थामा थियो । त्यतिबेला स्थानीय तहसहित प्रदेश र संघको चुनाव भयो । गत वैशाख ३० गते स्थानीय तहको चुनाव सम्पन्न गर्यौँ । आगामी मंसिर ४ गते संघ र प्रदेश सभाको चुनाव हुँदैछ’ श्रेष्ठले भने, ‘यो निर्वाचनलाई बिथोल्ने विभिन्न प्रयत्न र षड्यन्त्रहरु भइरहेका छन् । त्यसमा हामीले अनुभुति गरेका छौँ । हामी सम्पूर्ण कुराहरुलाई छोडेर देशलाई चुनावको दिशामा हेल्ने प्रयत्न गरिरहेका छौँ । चुनाव निर्धारित समयमै हुनेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)