मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध
annapurnapost.com · Fri Mar 13 16:49:56 GMT 2026

धादिङ : मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत तुईन खोलालगायत विभिन्न स्थानहरूमा माथिबाट ढुंगा खस्दा सडकअवरुद्ध भएको छ।
सडकमा खसेका ढुंगाका कारण सवारी आवागमन प्रभावित भएको छ। अहिले सडक सञ्चालनमा ल्याउनका लागि मेसिन प्रयोग गरी सडकमा छरिएका ढुंगाहरू हटाउने काम भइरहेको छ। सडक खुलाउने प्रयास जारी रहेको र यात्रुहरूलाई सावधानी अपनाउन प्रहारीले आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)