मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मलेसियासँग खेल्ने महिला क्रिकेट टोलीकाे घोषणा, तीन जना नयाँ खेलाडी समेटिए

Ujyaaloonline.com · Fri May 26 00:24:08 GMT 2023

काठमाण्डाै - मलेसियासँग खेल्ने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ । मलेसियामा हुने पाँच टी–२० खेलको शृङ्खलाका लागि घोषणा भएको टोलीमा तीन जना नयाँ खेलाडी समेटिएका छन् ।

सम्झना खड्का, कृतिका मरासिनी र ईश्वरी विष्ट पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । नेपालले रुविना क्षेत्रीको कप्तानीमा १४ जना रहेको टोली घोषणा गरेको हो । नेपालले मलेसियामा पहिलो खेल जेठ १५, दोस्रो खेल जेठ १६, तेस्रो खेल जेठ १८, चौथो खेल जेठ २० र पाँचौँ तथा अन्तिम खेल जेठ २१ गते खेल्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)