मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मूल्यवृद्धि आकाशियो

lokaantar.com · Sat Dec 11 01:34:04 GMT 2021

दैनिक उपभोग्य वस्तु महँगो हुँदा यसको प्रत्यक्ष मारमा सर्वसाधारण उपभोक्ता परेका छन्। पछिल्लो समयमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिए पनि त्यो मूल्य वृद्धि वास्तविक हो वा कृत्रिम स्पष्ट हुनसकेको छैन ।

मूल्य वृद्धि कृत्रिम भएको धेरै सरोकारवालाको दाबी छ। प्रत्यक्ष सम्पर्क खुद्रा व्यापारीसँग भएकाले उपभोक्ता खुद्रा पसलेलाई लगाउँछन् तर खुद्रा व्यापारी भने उद्योगबाटै मूल्य बढेर आएको दाबी गर्छन्। नेपाल खुद्रा व्यापार सङ्घका कार्यवाहक अध्यक्ष अमुल तुलाधरले पछिल्लो समयमा घिउ, तेल, चिनी, गेडागुडी महँगिएको बताए । पछिल्लो पटक त उत्पादक उद्योगी वा थोक व्यापारीबाट सामानको मूल्य तिरेअनुसार बिलबिजकसमेत आफूले प्राप्त गर्न नसकेको उनको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)