काश्मिरका पृथतावादी शीर्ष नेता मलिकलाई आजीवन कैद
baahrakhari.com · Wed May 25 17:15:00 GMT 2022
नयाँ दिल्ली । भारतको एक अदालतले वरिष्ठ काश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई आतंकवादका लागि आर्थिक सहयोग गरेको अभियोगमा आजीवन कैद सजाय सुनाएको छ । उनलाई आतंकवादी गतिविधिका लागि आर्थिक सहयोग गरेको र आपराधिक षड्यन्त्रमा संलग्न रहेको अभियोगमा दोषी ठहर गरिएको हो ।
मलिकले आफूले नब्बेको दशकमा हातहतियार त्यागेको अदालतसमक्ष बयान दिएका थिए । उनलाई गत साता दोषी करार गरिएको थियो । अधिकांश हिन्दु बाहुल्य रहेको भारत सरकारविरद्ध सन् १९८९ देखि सुरु भएको सशस्त्र आन्दोलनमा मुस्लिम बाहुल्य काश्मिरमा दसौँ हजार व्यक्तिले ज्यान गुमाइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)