मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

३५०० निर्माण कार्य ठप्प

abhiyandaily.com

काठमाडौं । निर्माण व्यवसायीले आफ्ना माग सरकारले पूरा नगरेको भन्दै ३५ सयभन्दा बढी आयोजनाको काम रोकेको बताएका छन् । उनीहरूले यसलाई ‘कन्स्ट्रक्शन होलिडे’ भनेका छन् ।

निर्माण सामग्रीमा अत्यधिक मूल्यवृद्धि भएको, तर सरकारले त्यसलाई सम्बोधन नगरेको उनीहरूको गुनासो छ । निर्माण व्यवसायीको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघले मुलुकभर निर्माणाधीन ५ हजारमध्ये सानाठूला गरी ३५ सय ठेक्काको काम रोकिएको बताएको छ । महासंघका अध्यक्ष रवि सिंहले विगतदेखि नै मूल्यवृद्धिलाई सम्बोधन गर्न सरकारसँग माग गरिए पनि टार्ने काममात्रै भएको बताए । ‘निर्माण व्यवसायीका मागप्रति सरकार संवेदनशील भएन,’ उनले भने, ‘काम गर्नै नसकिने अवस्था आएपछि कन्स्ट्रक्शन होलिडे घोषणा गरिएको हो ।’

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)