बिहीबार घट्यो ट्राफिक जरिवाना रकम, १३ लाख ३३ हजार मात्रै सङ्कलन
corporatenepal.com · Fri Jul 03 02:21:19 GMT 2026

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १३ लाख ३३ हजार राजस्व दाखिला भएको छ । यसअघि प्राय: २० लाखको हाराहारीमा जरिवाना उठ्ने गरेकोमा बिहीबार यो रकम घटेको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५६, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२१, सङ्केत बत्ती उल्लङ्घनकर्ता ८७ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १७३ जनालाई कारबाही गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)