लाइसेन्स परीक्षामा नक्कली परीक्षार्थी पक्राउ
ratopati.com · Thu Jun 11 16:40:17 GMT 2026

काठमाडौँ । ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ का २२ वर्षीय विराज बस्ताकोटी रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)