मेरो स्कुलको ‘प्ले एन्ड विन क्विज’
baahrakhari.com · Fri Jul 16 17:52:00 GMT 2021
काठमाडौं । मेरो स्कुलले ‘प्ले एन्ड विन क्विज’ ल्याएको छ । हरेक दिन ५ हजार रुपैयाँ जित्न सकिने इ–लर्निङ प्लाटफर्म मेरो स्कुलले नयाँ फिचर ‘प्ले एन्ड विन’ क्विज सार्वजनिक गरेको हो ।
यसका लागि पहिला गुगल प्ले स्टोरबाट मेरो स्कुल एप डाउनलोड गरी साइनइन गर्नुपर्नेछ । त्यसपछि प्रयोगकर्ताले दैनिक क्विज खेल्न सक्नेछन् । प्रयोगकर्ताले दिइएको समयभित्र १० प्रश्नहरूको जवाफ दिनुपर्नेछ । यसबापत दैनिक ५ हजार रुपैयाँ जित्ने मौका प्राप्त हुने कम्पनीले जनाएको छ । सबै प्रश्नहरुको सही जवाफ दिनेहरुको सूचीबाट ‘लक्की ड्र’ मार्फत विजेता छनौट गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)