विपक्षीको मोर्चाबन्दी नहुँदा कोशीमा पनि सत्तापक्षलाई सहज
ekantipur.com · Mon Jan 15 01:16:12 GMT 2024
काठमाडौँ — राष्ट्रिय सभा निर्वाचनमा विपक्षी दलबीच मोर्चाबन्दी नहुँदा सत्ता गठबन्धन सात वटै प्रदेशमा बलियो देखिएको छ । कोशी प्रदेशमा एमाले, राप्रपा र स्वतन्त्रको मत एक ठाउँमा हुँदा सत्ता गठबन्धनका उम्मेदवारसँग कसिलो प्रतिस्पर्धा हुने अवस्था थियो । अन्य प्रदेशको तुलनामा कोशीमा सत्ता गठबन्धन र विपक्षी दलहरूको मतभार अन्तर सबैभन्दा कम छ ।
गोप्य मतदान हुने भएकाले उम्मेदवार छनोटलाई लिएर बढिरहेको असन्तुष्टि, पहिचान पक्षधरको आन्दोलनलगायतका कारणले गठबन्धनभित्रै मत प्रभावित हुन सक्ने आशंका थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)