भोलि अख्तियार दिवस,जिम्मेवारी हेरफेर
janaaastha.com · Tue Feb 09 17:09:47 UTC 2021
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोलि माघ २८ गते आफ्नो ३१ औं वार्षिकोत्सव मनाउने भएको छ । गत साता आयोगमा नयाँ प्रमुख आयुक्त र केही आयुक्तको नियुक्ति भएकाले वार्षिकोत्सवको रौनक थपिएको बताइएको छ । हालै प्रमुख आयुक्त र आयुक्तहरुको कार्यविभाजन समेत भएको छ । अख्तियारमा मुख्यगरी मन्त्रालयको जिम्मेवारी हेर्ने भागबण्डा नै कार्य विभाजन हो ।
विशेषगरी अर्थ, गृह, रक्षा, भौतिक पूर्वाधार, शिक्षा, भूमिसुधार मन्त्रालयलाई महत्वपूर्ण मन्त्रालयको रुपमा हेर्ने गरिएको छ । सबै आयुक्तलाई तिनै मन्त्रालय भाग पर्नेगरी बाँडफाँड गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)