विश्वकप क्रिकेटः दक्षिण अफ्रीकासंग अस्ट्रेलियाको नमिठो हार
kalakarmi.com · Thu Oct 12 16:18:54 GMT 2023
लखनउ– विश्वकप २०२३ को १० औं खेलमा दक्षिण अफ्रीकाले अस्ट्रेलियालाई १ सय ३४ रनले हराएको छ । लखनउमा बिहिवार राति सम्पन्न खेलमा ३१२ रनको विजयी लक्ष्य पछ्याउन मैदानमा प्रवेश गरेका अस्ट्रेलियाको टीम १७७ रनमै अलआउट भएको हो ।
दक्षिण अफ्रीकाका बलरहरुले उत्कृष्ट बलिङ गरेपछि अस्ट्रेलियाको पुरै टीम ४०.५ ओभरमै अलआउट हुन पुग्यो । आजको खेलमा पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रीकाले ५० ओभरमा ७ विकेट गुमाउँदै ३११ रन बनाएको थियो । दक्षिण अफ्रीकाको इनिङ उकास्नका लागि ओपनर क्वान्टन डि ककले सर्वाधिक १०९ रनको योगदान दिए । त्यसबाहेक एडेन मर्करामले पनि ५६ रन बनाए।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)