ज्लाटनको चार सयौं गोलमा मिलान विजयी
ekantipur.com · Mon Nov 01 01:10:52 GMT 2021
मिलान — ज्लाटन इब्राहिमोभिचले गरेको आफ्नो खेल जीवनको चार सयौं गोलमा एसी मिलानले इटालीको 'सिरी ए' मा आइतबार रोमामाथि २–१ को जित निकालेको छ । यो जितपछि समान ३१ अंकमा मिलान शीर्ष स्थानमा रह्यो ।
नेपोलीको पनि समान ३१ अंक रहेको छ । फ्रिकिकको मद्दतबाट ४० वर्षीय ज्लाटनले पहिलो गोल गरेपछि फ्रान्सिस्को केसीले पेनाल्टीबाट दोस्रो गोल थपे । स्टेफेन एल सरवेले रोमाका तर्फबाट एक गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)