रोनाल्डोको पहिलो नकआउट गोलदेखि यामालको दुर्लभ कीर्तिमानसम्म
neplays.com · Fri Jul 03 02:47:00 GMT 2026
विश्वकप २०२६ को अन्तिम ३२ को खेलमा पोर्चुगल र स्पेनले आ–आफ्नो खेल जित्दै प्रि-क्वार्टरफाइनलमा रोमाञ्चक भिडन्त तय गर्दा फुटबल इतिहासका कैयौँ ऐतिहासिक र अद्भूत कीर्तिमानहरू बनेका छन्। क्रोएसियाविरुद्ध पोर्चुगलको रोमाञ्चक पुनरागमन र अस्ट्रियाविरुद्ध स्पेनको एकतर्फी जितले तथ्याङ्कको दुनियाँमा नयाँ इतिहास रचेको छ।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले क्रोएसियाविरुद्ध गोल गर्दै आफ्नो छैटौँ विश्वकप करियरमा पहिलो पटक विश्वकपको नकआउट चरणमा गोल गर्न सफल भएका छन्। खेल अवधिभर विपक्षीको पेनाल्टी बक्सभित्र उनको त्यो एक मात्र टच थियो, जसलाई उनले पेनाल्टीमार्फत गोलमा परिणत गरे। यससँगै रोनाल्डो विश्वकपको नकआउट चरणमा गोल गर्ने इतिहासकै सबैभन्दा पाको खेलाडी (४१ वर्ष १४७ दिन) बनेका छन्। ४१ वर्षको उमेरमा विश्वकपको नकआउट खेल खेल्ने उनी पहिलो खेलाडी समेत हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)