गोलकिपर उनाई सिमोनको ऐतिहासिक कीर्तिमान
neplays.com · Fri Jul 03 02:51:00 GMT 2026
अस्ट्रियाविरुद्ध ३-० को सहज जित निकाल्ने क्रममा स्पेनका भरपर्दा गोलकिपर उनाई सिमोनले फुटबल इतिहासकै एक निकै दुर्लभ र ऐतिहासिक कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। खेल अवधिभर अस्ट्रियाका आक्रमणलाई निस्तेज पारेका सिमोनले विश्वकपमा लगातार ५१९ मिनेटसम्म गोल नखाई इतिहास रचेका हुन्। यससँगै उनी विश्वकपको इतिहासमा विपक्षी टोलीलाई सबैभन्दा लामो समय गोल गर्न नदिने (सबैभन्दा लामो क्लिन सिट राख्ने) विश्वकै पहिलो गोलकिपर बनेका छन्।
सिमोनले यो ऐतिहासिक उपलब्धि हासिल गर्ने क्रममा इटालीका महान् गोलकिपर वाल्टर जेङ्गाको दशकौँ पुरानो कीर्तिमानलाई समेत भङ्ग गरिदिएका छन्। जेङ्गाले सन् १९९० को विश्वकपमा लगातार ५१७ मिनेटसम्म गोल नखाई कीर्तिमान बनाएका थिए। सिमोनले सो कीर्तिमानलाई २ मिनेटले पछि पार्दै ५१९ मिनेटको नयाँ कीर्तिमानी उचाइ दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)