रोकिराखेको आफ्नै ट्याक्टर एक्कासी गुड्दा छोराको मृत्यु
thahakhabar.com
सल्यान : सल्यानमा रोकेर राखेको ट्याक्टर एक्कासी आफैँ गुड्दा च्यापिएर एक बालकको मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका ४ लामाडाँडाका ६ वर्षीय बालक दिक्सन चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ।
शुक्रबार बेलुकी ५ बजेतिर सोही ठाउँ घर भएका २८ वर्षीय देवबहादुर चन्दको घरमा रोकेर राखेको रा १ ख २८६२ नम्बर ट्याक्टर एक्कासी आफैँ गुड्दा देबहाहुरका छोरा दिक्सनको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)