दाबी नयाँ सन्देशको, चिन्ता गुटबन्दीको
ekantipur.com · Sun Sep 03 01:21:01 GMT 2023
बुटवल — एमालेका केन्द्रीय नेताहरूले पार्टीमा गुटबन्दी बढेको भन्दै एकता कायम रखिनुपर्नेमा चासो व्यक्त गरेका छन् । बुटवलमा शनिबारदेखि सुरु भएको लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन सत्रमा एमाले सचिव गोकर्ण विष्टदेखि अध्यक्ष केपी ओलीसम्मका सबै वक्ताले शुभकामना मन्तव्यमा ‘अधिवेशनले एकता कायम गरोस्’ भन्ने उस्तै वाक्य दोहोर्याए ।
संघीय संरचनामा गएपछि हुन लागेको एमालेको यो पहिलो प्रदेश अधिवेशनलाई नेताहरूले नयाँ र फरक सन्देश दिने अधिवेशनका रूपमा प्रचार गरिरहेका छन् । अधिवेशनमा लुम्बिनी प्रदेशका १२ जिल्लाका १ सय ९ स्थानीय तहबाट छानिएका १ हजार ४ जना प्रतिनिधि सहभागी छन् । बन्दसत्रमा प्रस्तुत हुने सांगठनिक र आर्थिक प्रतिवेदनबाहेक अधिवेशनमा अर्को कुनै छलफलको विषय छैन । शनिबार बन्द सत्रमा पेस गरिएको प्रतिवेदनमाथि आइतबार समूहगत छलफल गरेर अन्तिम रूप दिइने प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले बताए । त्यसपछि अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)