हजुरआमाको हत्या गरेको आरोपमा नातिनी पक्राउ
ratopati.com
हजुरआमाको हत्या गरेको आरोपमा उदयपुरमा नातिनी पक्राउ परेकी छन् । त्रियुगा नगरपालिका– १३ बहेडवाका ६७ वर्षीया सुखनीदेवी चौधरीको हत्या आरोपमा उनकी नातिनी २४ वर्षीया ममता चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो ।
घरमा कोही नभएको बेला शंकास्पद रुपमा मृत भेटिएकी सुखनीदेवी चौधरीको नातिनीले हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट विशेष टोली गठन गरी अनुसन्धान गर्ने क्रममा मृतककी नातिनी त्रियुगा नगरपालिका वडा नम्बर १३ बहेडवा बस्ने वर्ष २४ की ममता चौधरीले हत्या गरेको पाइएको हो । अनुसन्धान टोलीले घटनाको केही दिनपछि हत्या भएको प्रमाण सहित नातिनीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)