मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी

ekantipur.com · Mon Apr 24 21:30:20 GMT 2023

तनहुँ — प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले भन्दा करिब १४ हजार बढी मत ल्याएर उनी विजयी भएका हुन् ।

वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत् प्राप्त गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)