रविना टण्डनकी छोरी बलिउडमा डेब्यु गर्दै
ratopati.com · Sat Jan 21 06:06:00 GMT 2023
मुम्बई । अभिनेत्री रविना टण्डनकी छोरी राशा चाँडै नै बलिउडमा डेब्यु गर्दैछिन् । १७ वर्षीया राशा ‘काई पो चे’ निर्देशक अभिषेक कपूरको आगामी एक्सन फिल्ममा मुख्य भूमिकामा देखिनेछिन् । उनीसँगै अजय देवगनका भतिजा अमन देवगन पनि यो फिल्ममार्फत बलिउडमा प्रवेश गर्ने भएका छन् ।
मिडिया रिपोर्टका अनुसार अभिषेक कपुरले यो प्रोजेक्टमा काम सुरु गरिसकेका छन् । यद्यपि फिल्मको नाम भने फाइनल भइसकेको छैन । यो फिल्ममा अजय देवगनको पनि महत्त्वपूर्ण भूमिका रहने बताइएको छ । फिल्मसँग सम्बन्धित स्रोतका अनुसार अजय देवगन यस फिल्ममा पहिले कहिल्यै नदेखेको अवतारमा देखिनेछन् र उनको लागि विशेष लुक पनि डिजाइन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)