माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण
barnanmedia.com · Fri Mar 13 23:40:59 GMT 2026

यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको छ । स्थानीय भू–उपयोग परिषद माडी नगरपालिकाले यहाँको भूमिलाई ७ भागमा बर्गीकरण गरेको छ ।
नगरपालिकाले भू उपयोग ऐन २०७६ र नियमावली २०७९ अनुसार जमीनको बर्गीकरण गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालका अनुसार यहाँ सबैभन्दा धेरै जङगल रहेको छ । नगरपालिकामा २१ हजार ८२४ दशमलब ४४ हेक्टर रहेकामा १२ हजार ९७५ दशमलब ७५ हेक्टर जङगलले ओगटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)