शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण
barnanmedia.com · Fri Mar 13 23:55:10 GMT 2026

कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का किसानलाई आज अनुदानमा मिनी पावर टिलर वितरण गरिएको छ । वडाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार ५० प्रतिशत अनुदानमा ३२ जना किसानलाई मिनी पावर टिलर उपलब्ध गराएको हो।
वडा कार्यालयका अनुसार कृषि उत्पादनलाई आधुनिकीकरण गर्दै खेतीपातीमा समय र लागत दुवै घटाउने लक्ष्यका साथ किसानलाई मिनी टिलर वितरण गरिएको वडाध्यक्ष लालबहादुर ऐरले बताउनु भयो । उहाँका अनुसार किसानलाई कृषिमा यान्त्रीकरणतर्फ आकर्षित गर्न वडा कार्यालयले बजेट विनियोजन गरी कार्यक्रम सञ्चालन गरेको छ । “वडाबाट रु नौ लाख बजेट मिनी टिलर अनुदान कार्यक्रमका लागि विनियोजन गरिएको थियो,” उहाँले भन्नुभयो, “त्यही बजेटमार्फत ३२ जना किसानलाई ५० प्रतिशत अनुदानमा मिनी टिलर उपलब्ध गराइएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)