बजारमा आधा सिलिण्डर ग्यास पठाउने निर्णयप्रति कास्कीका व्यवसायीको विरोध
barnanmedia.com · Fri Mar 13 23:31:42 GMT 2026

खाना पकाउने (एलपी) ग्यास बिक्रेता संघ कास्कीले ७.१ किलोग्रामको ग्यासमात्र बजारमा पठाउने नेपाल आयल निगमको निर्णयको विरोध गरेको छ । निर्णय अव्यवहारिक भएको भन्दै उनीहरूले सच्याउन माग पनि गरिएको छ।
संघले आधामात्र भरिएको ग्यास सिलिण्डर बजारमा पठाउने निर्णय उद्योगी,बितरक र उपभोक्ताको हित प्रतिकूल रहेको जिकिर गरेको छ । एलपी ग्यास बिक्रेता संघ कास्कीका अध्यक्ष नारायणदत्त दाहालद्वारा शुक्रबार जारी विज्ञप्तिमा यो निर्णयले ग्यास आपूर्तिको चक्र बिथोलिने र कास्की बाहिर रहेका उद्योगहरुले ग्यास नै नपठाउने सम्भावना रहेको पनि औंल्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)