मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

उद्योग आदानप्रदानलाई प्रवर्द्धन गर्न चीनमा अन्तर्राष्ट्रिय वाइन एक्स्पो सुरु

barnanmedia.com · Fri Aug 09 14:27:25 UTC 2024

चीनको उत्तरपश्चिम निङ्सिया हुई स्वायत्त क्षेत्रमा शुक्रबार मदिरा उद्योगभित्र आदानप्रदान र सहयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय एक्स्पो सुरु भएको छ । निङ्जिया हुई मुलुकको प्रमुख वाइन उत्पादन क्षेत्र हो ।

क्षेत्रीय सरकारले आयोजना गरेको चौथो चाइना (निङ्जिया) अन्तर्राष्ट्रिय वाइन कल्चर एन्ड टुरिजम एक्स्पोमा फ्रान्स, इटाली, स्पेन र चिलीलगायत आठ देश र क्षेत्रका एक सय ३८ वाइनरी र प्रदर्शकहरू सहभागी छन् । ‘चाइनिज वाइन, ए मार्वल टु द वर्ल्ड–गुड वाइन ओरिजिनेट्स फ्रम युनिक टेरोइर’ भन्ने नाराका साथ तीन दिने एक्स्पोमा वाइन कार्निभल प्रतियोगिता र अन्य गतिविधिहरू समावेश छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)