‘मतदान’ को सांस्कृतिक पक्ष: दान गरेपछि के मिल्ला त प्रतिफल?
nepallive.com · Sat Nov 19 01:10:00 GMT 2022
काठमाडौं— मंसिर ४ गते हुन गैरहेको संघीय तथा प्रदेश सभाको चुनावको लागि ४८ घण्टा पहिले बिहीबार मध्य राति देखि 'स्थिर अवधि' (मौन अवधि) शुरु भएको निर्वाचन आयोगले जनाएको छ। तर यही अवधिमा पैसा बांडेर मत किन्न खोजेको भन्ने समाचारहरु देशका विभिन्न भागबाट आइ रहेका छन्। महोत्तरीको बर्दिवासमा एकजना स्वतन्त्र उम्मेदवार चढेको गाडीबाट डेढ लाख रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ।
मतदान शब्दले मतको दानलाई बुझाउँछ। लोकतन्त्रमा मत दिने व्यक्ति नै सार्वभौम हुन्। मतले विचार नै जनाउँछ भने दानले कुनै पनि वस्तु वा हक, अधिकार कसैलाई फिर्ता नआउने गरी दिनु भन्ने जनाउँछ। दान धर्मसँग जोडिएको शब्द हो। धार्मिक विश्वासका आधारमा दान स्वेच्छाले दिइन्छ। त्यसमा दिनेको कुनै हक हुँदैन भन्ने मान्यता हुन्छ। जसले दान प्राप्त गरे, उसले त्यसलाई जसरी प्रयोग गरे पनि हुने र एकल अधिकार स्थापित हुने सन्दर्भलाई जनाउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)