सर्लाहीमा १२ हजार विद्यार्थीलाई शैक्षिक किट वितरण गरिने
ratopati.com · Wed Mar 15 22:15:00 GMT 2023
सर्लाही । मधेस प्रदेश सरकारको सहयोगमा सर्लाही जिल्लाअन्तर्गतका ९७ सामुदायिक विद्यालयका १२ हजार तीन सय ८९ जना विद्यार्थीलाई ज्यामिति बक्ससहित स्कूल ब्याग (शैक्षिक किट) वितरण गरिने भएको छ । शिक्षा विकास निर्देशनालय मधेस प्रदेश, जनकपुरधामको आयोजनामा आज सर्लाही सदरमुकाम मलङ्गवा–२ स्थित रहेको पब्लिक माध्यमिक विद्यालयमा एक समारोहका बीच सर्लाही जिल्लाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा–९ का छात्रछात्रालाई ज्यामिति बक्ससहितको स्कूल ब्याग वितरणका लागि सम्बन्धित विद्यालयका शिक्षकलाई जिम्मा लगाइएको छ ।
सङ्घीयताको अनुभूति होस् भनेर छात्रछात्रालाई शैक्षिक किट मधेस प्रदेश सरकारको सहयोगमा वितरण गर्न लागिएको प्रदेशसभा सदस्य उपेन्द्र महतोले जानकारी दिए । मधेस प्रदेश सरकारले शिक्षामा आफ्नो उपस्थिति जनाउनका लागि यसअघि पनि कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)